चितवनकाे ठिमुरा -देवघाट जाेड्ने निर्माणाधिन पुल भत्कियाे

चितवन । चितवनको ठिमुरा र देवघाट जोड्ने निर्माणाधिन पुल भत्किएकाे छ । मंगलबार बिहान ४ बजेको सेरोफेरोमा पुल भत्किएको हो ।
२२० मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको उक्त पुल ठेकेदारकाे लापरवाहीका कारण भत्किएको हुनसक्ने पुल निमार्ण उपभोत्ता समितीका अध्यक्ष टंक पौडेलले जानकारी दिएका छन् ।
उनले प्राविधिक त्रृटिका कारण भत्किएको जानकारी प्राप्त भएको र पुल भत्किनुको वास्तविक कारण प्राविधिक टिमको अध्ययन पछि थाहा हुने बताए ।
पुलको निमार्ण कार्य असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको थियो । पुल निमार्णको काम झन्डै ७५ प्रतिशत सकिरहेको अवस्थामा मंगलबार बिहान पुल भत्किएको बताए ।
सडक डिभिजन कार्यलयले पुल के कारणले भत्कियो भन्ने विषयमा अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ । सडक डिभिजन कार्यलय चितवनका इन्जिनियरले सोमबार सिक्किममा गएको भुकम्पको असरले पुल भत्किएकाृ हुनसक्ने बताएका छन् ।
२१ करोड रुपैयाँको लगानीमा बन्न लागेको पुल २०७१ सालमा शिलान्यास गरी २०७४ सालमा निमार्ण सम्पन्न गर्ने योजना रहेको थियो । तर समयमानै काम नसकिएकाले निर्माण सम्पन्नका लागि २०७८ सालको असार मसान्तका लागि अन्तिम समय ताेकिएकाे थियाे ।