७ बैशाख २०८१, शुक्रबार

रियलमी सी १५ फोनको मूल्य सस्तियो

प्रकाशित मिति :  6 April, 2021 4:39 pm


काठमाडौं – रियलमीको सी १५ फोन अब नेपाली बजारमा मात्र १८ हजार ५ सय ९० पाइने भएको छ । यस फोनमा अल्ट्रा–लग ब्याट्री लाइफ र फास्ट चार्जिङका विशेषता रहेका छन् । १८ वाटमा पूर्ण चार्जिङ हुनसक्ने ६ हजार एमएएच ब्याट्री रहेको छ । जसले गर्दा एकपटकको चार्जमा ४४ घण्टासम्म निरन्तर फोनकल र २६.८ घण्टा निरन्तर युट्युब हेर्न सकिने कम्पनीले जनाएको छ ।

सी–१५ मा माजियोमेट्रिक ग्रेडियन्ट डिजाइन, ८ कोरको प्रोसेसर, ६.५ इन्चको एलसीडी फुलस्क्रिनका साथ वाडीर स्क्रिन को उच्च अनुपात रहेको तथा यसमा अल्ट्रावाइड क्वाड (४ वटा लेन्स भएको) क्यामेरा रहेको छ ।

यस फोनमा पछाडिको क्यामेरा १३ एमपीको छ, जसले उत्कृष्ट नाइटस्केप मोड, ११९ डिग्री अल्ट्रावाइड मोड, पोर्टेट मोड छ । यस्तै अगाडि ८ एमपीको क्यामेरा छ ।



प्रतिक्रिया दिनुहोस !