१५ चैत्र २०८०, बिहिबार

द ब्रिटिस कलेज जब फेयर–२०२१ सम्पन्न

प्रकाशित मिति :  11 April, 2021 1:16 pm


काठमाडौं । काठमाडौंको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर – २०२१ सम्पन गरेको छ ।

कलेजले थापाथलीस्थित आफ्नै भवनमा कार्यक्रम सम्पन्न गरेको हो । जब फेयरमा प्रतिष्ठित २८ कम्पनीहरूको सहभागीतामा २०० भन्दा बदी विद्यार्र्थीहरूले अन्तक्रिया र अन्तवार्ता दिने अवसर मिलेकोे थियो ।

कलेजको पूर्व विद्यार्थीहरूसँगै स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए तथा एमआईबीएम तहका विद्यार्थी पनि जब फेयरमा सहभागी भएका थिए ।

विद्यार्थीलाई इन्भेष्टरको उपस्थितिमा आफ्नो आइडिया पिच गर्ने मौका पनि कलेजले व्यबस्था गरेको थियो जसमा १० वटा ग्रुपले आफ्नो धारणाहरूप्रस्तुत गरेका थिए ।

जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति थियो ।

यती एयरलाइन्स, भास्तल इम्पेक्स (एमआई), योङ्ग इनोभेसन, उज्यालो फाउन्डेसन, ब्रेन डिजिट, निमा एकेडेमी, लिपफ्रग टेक्नोलोजी, सिप्रदी ग्रुप, भोज डिल्स, एडभान्टेज ग्रुप, उपाय कार्गो लगायतका कम्पनीहरुको जब फेयरमा सहभागिता रहेको थियो । कलेजका एशोसियट डिन अरुणलाल जोशीका अनुसार जब फेयर कार्यक्रम निकै फलदायी भएको छ ।

कलेजले हरेक वर्ष आयोजना गर्दै आएको कार्यक्रम यो वर्ष पनि भव्यताका साथ सम्पन्न भएको उनको भनाई छ । जब फेयरले कलेजका पूर्व विद्यार्थी तथा जब मार्केटको लागि तयार भएका विद्यार्थीहरुलाई सघाउ प¥याएको जोशीको भनाई छ । कार्यक्रमको समापनपछि जोशीले भने, ‘जब फेयरले क्षमतावान् विद्यार्थीलाई बिभिन्न संस्थामा आबद्ध भएर काम गर्ने मौका प्रदान गरेको छ ।

कलेजले आफ्नै प्रांगणमा बिभिन्न क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाई बोलाएर विद्यार्थीहरुलाई अवसरहरु प्रदान गरेको छ । टीबीसीले हरेक वर्ष आयोजना गर्दै आएको यस्तो कार्यक्रमले अन्ततः शैक्षिक र औधोगिक क्षेत्रबिच सहकार्य गर्नलाई नै टेवा पु¥याएको मलाई विश्वास छ ।’



प्रतिक्रिया दिनुहोस !