१५ बैशाख २०८१, शनिबार

इसेवा र औषधी व्यवसायी संघ कास्कीबीच डिजिटल पार्टनरसीप सम्झौता

प्रकाशित मिति :  12 April, 2021 1:57 pm


काठमाडौं । डिजिटल भुत्तानी सेवा कम्पनी इसेवा र नेपाल औषधी व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल औषधी व्यवसायी संघ कास्कीका तर्फबाट अध्यक्ष विक्रम पन्त र इसेवाका तर्फबाट बिजनेस म्यानेजर रोशन राईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कास्की भित्र रहेका संघ अन्तर्गतका सदस्य औषधी व्यवसायीहरुले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्युआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्ने छन् ।

कास्कीका औषधी व्यवसायी आबद्ध अस्पतालहरुमा इसेवा मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने व्यवस्था समेत मिलाउने तयारी भइरहेको छ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न सेवा थप गर्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस !