१३ बैशाख २०८१, बिहिबार

नोकियाले एक्स सिरिज, जीसिरिज र सी सिरज सार्वजनिक गर्दै

प्रकाशित मिति :  13 April, 2021 1:23 pm


काठमाडौं । नोकियाले ३ सिरिजका ६ नयाँ स्मार्टफोन ग्लोबल्ली लन्च गर्ने भएको छ ।

एक्स सिरिज, जीसिरिज र सी सिरजका ६ नयाँ स्मार्टफोन नोकियाले लन्च गर्न लागेको हो । नोकिया र र सहायक उपकरणहरुको घर एचएमडी ग्लोबलले नोकिया एक्स २०, नोकिया एक्स १०, नोकियाजी २०, नोकियाजी १०, नोकिया सी २०, र नोकिया सी १० हरुलाई तीन वटा फरक सिरिजका फरक स्मार्टफोन लन्चको घोषणा गरेको हो ।

सिग्नेचर नोर्डिक डिजाइनले सबै नोकिया स्मार्टफोनलाई थप तीन वर्षको सुरक्षा र सºटवेयर अपडेट एक्स्ट्रा पिस अफ माइन्डका लागि प्रयोगमा ल्याएको छ । नोकिया स्मार्टफोन एन्ड्रोइड भर्सन ११ मा आउने छन् ।

नोकियाको जी २० र नोकिया जी १० एकै चोटी लञ्च हुँदैछन् । जी रेन्जका दुवै फोनहरुमा तीनदिनको ब्याट्री लाइफ भएको कम्पनीले जानएको छ ।
नोकिया सी २० र नोकिया सी १० मा फिचर्सहरु थप गर्ने भएको छ । थप गरिएका फिचर्सहरुमा वाइड ६.५ूएचडींडिस्प्ले हो ।

एन्ड्रोइड ११ (गो संस्करण) को साथ २०% छिटा र सुधारिएको सुरक्षा सुविधाहरुका साथै नोकिया स्मार्टफोनको ड्युराबिलिटीे दुई वर्षको लागि त्रैमासिक सुरक्षा अपडेटहरुका सहित उपलब्ध छन् ।

 



प्रतिक्रिया दिनुहोस !