२० असार २०७९, सोमबार

गुलरीया नगरपालिकामा २७ बेडको कोभिड अस्पताल सञ्चालनको तयारी पुरा

प्रकाशित मिति :  23 April, 2021 12:47 pm


बर्दिया । बर्दियाको गुलरीया नगरपालिकामा २७ बेडको कोभिड अस्पताल सञ्चालनको तयारी पुरा भएको छ ।

महिला विकास भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । बर्दियाका हरेक स्थानीय तहमा अकिसजनसहितको बेड भएको कोभिड अस्पताल सञ्चालनमा ल्याउने निर्णय अनुसार गुलरिया नगरपालिकाले तयारी पुरा गरेको हो ।

स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बर्दियाका सबै स्थानीय तहमा कोभिड अस्पताल सञ्चालनका लागि तयारी अगाडि बढेको छ ।

श्रेष्ठले भनेका छन्,“ अब बर्दिया जिल्लाका जटिल अवस्थाका बिरामी मात्र अक्सिजनसहितको एम्बुलेन्समा भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा पठाउने व्यवस्थामा हामी लागिरहेका छौं ।”

बर्दियाको छिमेकी जिल्ला बाँकेमा कोरोना संक्रमण तिब्र फैलिएको छ । कोरोना संक्रमण नियन्त्रणमा लागि हिजो देखि लकडाउन गरिएको  छ । बाँकेमा कोरोना संक्रमण तिब्र फैलदै गएपछि बार्दियामा अस्पतालको तयारी तिब्र पारिएको हो ।



प्रतिक्रिया दिनुहोस !