१७ बैशाख २०८१, सोमबार

जम्मु–कश्मिरबाट शक्तिशाली पश्‍चिमी वायू नेपाल प्रवेश गर्ने, ३ दिनसम्म भारी हिमपात हुने सम्भावना

प्रकाशित मिति :  31 December, 2019 12:06 pm


काठमाडौं, १५ पुस

नेपालमा पश्चिमी न्युन चापीय प्रणााली नेपाल प्रवेश गर्ने क्रममा रहेकाले पश्चिमी क्षेत्रमा मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल जम्मू–कश्मीर माथि रहेको न्यून चापीय प्रणाली मंगलबार बेलुकासम्म नेपाल प्रवेश गर्ने र सोही कारण मौसम बदली हुने विभागले जनाएको छ ।मंगलबार दिउँसो देशका पश्चिमी तथा मध्य भूभागमा आंशिक देखि सामान्य बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति देशभर आंशिक देखि सामान्य बदली रहने र देशका पश्चिमी उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी न्यून चापीय प्रणाली बुधबार बेलुकासम्म सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमा समेत मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

सो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली हुने र न्यूनतम तापक्रम अति कम भइ देशभरी चिसो बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !