एनसेलले तिर्यो ४ अर्ब ५० करोड कर
प्रकाशित मिति : 31 December, 2019 4:09 pm

काठमाडौं, १५ पुस ।
दुरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पुँजीगत लाभकरका रुपमा तिरेको छ ।एनसेलले लामोसमयदेखि विवादमा रहेको पुँजीगत लाभकर तिरेको हो ।
ठूला करदाता कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद–बिक्रीवापत २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ लाभकर निर्धारण गरेको थियो ।
सर्वोच्च अदालतको आदेशअनुसार ठूला करदाता कार्यालयले १५ दिनभित्र निर्धारित लाभकर तिर्न गत २२ मंसिरमा एनसेललाई पत्राचार गरेको थियो ।तर, निर्धारित सबै कर भने तिरेको छैन । उसले ६ महिनाभित्र किस्ताबन्दीमा तिर्न पाउने सुविधा माग गर्दै पहिलो किस्ताका रुपमा ४ अर्ब ५० करोड रुपैयाँ तिरेको हो ।
एनसेलको किस्ताबन्दीमा कर तिर्न पाउनुपर्ने मागका बारेमा भने ठूला करदाता कार्यालयले आधिकारिक निर्णय गर्न भने बाँकी नै छ ।