४ जेष्ठ २०७८, मंगलवार

बुटवल उपमहानगरपालिकाद्वारा ‘अक्सिजन बैंक’ सुरु, मेयर सुवेदीले भने,‘हामी अभाव हुन दिँदैनौं’

प्रकाशित मिति :  २१ बैशाख २०७८, मंगलवार १५:५७


रुपन्देही । बुटवल उपमहानगरपालिकाले ‘अक्सिजन बैंक’ सुरु गरेको छ ।

अक्सिजन अभावको हल्ला चल्न थालेपछि बुटवल उपमहानगरपालिकाले आजदेखि अक्सिजन बैंक सञ्चालनमा ल्याएको उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले जानकारी दिए ।

मेयर सुवेदीका अनुसार होम आइसोलेसन,होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले पुराउने छ ।

मेयर सुवेदीले लुम्बिनी सञ्चारसँग कुरा गर्दै भने,“अहिले अक्सिजनको अभाव भयो भनेर हल्ला भयो तर हामीकहाँ त्यो समस्या छैन । आवश्यक पर्ने वित्तिकै हामी अक्सिजन पुराउँछौं ।”

बुटवल उपमहानगरपालिकाले विशेषज्ञ सेवा प्रादेशिक अस्पतालबाट लिने र प्रारम्भिक आवश्यकताको सेवा आफूहरुले उपलब्ध गराउने उनले बताए ।

पछिल्लो समय रुपन्देहीमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ । मेयर सुवेदीले कोरोना संक्रमितलाई अक्सिजन अभाव हुन नदिने सुवेदीको भनाई छ । अहिले सुवेदी आफूहरुसँग एक सय सिलिण्डर मौज्दात हुने र माग हुनेवित्तिकै पठाउने बताए ।

उनले भने,“हामीसँग एकसय भन्दा बढी अक्सिजन सिलिण्डर छ । माग हुनेवित्तिकै पठाउँछौं । अक्सिजन सकिने वित्तिकै पुनः भेरेर फेरि पठाउछौं ।”

उनले बुटवल उपमहानगरपालिकाभित्र अक्सिजनको अभाव हुन नदिने बताए ।



प्रतिक्रिया दिनुहोस !