४ जेष्ठ २०७८, मंगलवार

रोल्पाको रुन्टीगढी गाउँपालिकामा १२ जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  २१ बैशाख २०७८, मंगलवार १६:४१


रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकामा १२ जना कोरोना संक्रमित भेटिएका छन् ।

आज २७ जनाको एन्टिजन परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको गाउँपालिकाका प्रेस संयोजक मनोज पुनले जानकारी लिए ।

जनप्रतिनिधि, स्थानीय व्यापारी र संस्थाका कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको पुनले जानकारी दिए । रोल्पामा कोरोना संक्रमितको संख्या दिनदिनै भेटिन थालेपछि जिल्लामा निषेधाज्ञा लगाउने निर्णय भइसकेको छ ।

वैशाख २२ गते बिहान ६ बजे देखि जेष्ठ ५ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय भएको हो ।



प्रतिक्रिया दिनुहोस !