३० बैशाख २०८१, आइतबार

प्रदेश-३ सरकारले सौराहाबाट भ्रमण वर्षको शुभारम्भ गर्नै

प्रकाशित मिति :  1 January, 2020 3:24 pm


१६ पुस, चितवन ।
आज (पुस १६) बाट सरकारले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्दैछ । भ्रमण वर्षको रुपमा मनाउन लागिएकोे अंग्रजी नयाँ वर्ष २०२० लाई केन्द्रिय सरकार देखि स्थानिय तहसम्म सबैले हर्षोउल्लासका साथ स्वागत गरिदै छ ।

नेपालकै तेस्रो पर्यटकीय गन्तब्यका रुपमा रहेको चितवनबाट प्रदेश ३ सरकारले नेपाल भ्रमण वर्ष २०२० पुस १८ गते  (डिसेम्वर ३ तारिख) का दिन सौराहामा भब्य कार्यक्रमको आयोजना गरी भ्रमण वर्ष शुभारम्भ गर्ने तयारी गरेको छ ।

प्रदेश सरकारले पर्यटन वर्ष २०२० को पहिलो दिन पुस १६ गते चितवनको सौराहा, भरतपुर विमानस्थल, मकवानपुरको इन्द्रसरोवर, रसुवागढी नाका र तातोपानी नाकामा गरी ८ वटा कार्यक्रम तय गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश ३ सरकारले पहिलो फ्लाइटबाट भरतपुर आउने २० पर्यटकलाई सौराहामा निशुल्क बसोबास गराउने घोषणा समेत गरेको छ ।

पुस १० गतेबाट हात्ती महोत्सव चलिरहेको कारणले पनि यतिबेला चितवनमा रमाइलो वातावरण बनेको छ । हात्ती महोत्सव र नयाँ वर्षका कारण सौराहामा आन्तरिक पर्यटकहरुले होटलहरू भरिएका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै यतिबेला आन्तरिक तथा वाह्य पर्यटकले सौराहामा होटलहरुको अग्रिम बुकिङ सुरु गरिरहेका छन् ।

केन्द्रिय राजधानी समेत रहेको प्रदेश ३ को काठमाडौंपछि सबैभन्दा धेरै पर्यटक आउने जिल्लाका रुपमा चितवन नै पर्दछ ।



प्रतिक्रिया दिनुहोस !