१८ बैशाख २०८१, मंगलबार

सुदूरपश्चिमका हिमाली र पहाडि क्षेत्रमा बर्षा र हिमपात

प्रकाशित मिति :  3 January, 2020 8:57 am


काठमाडौं, १८ पुस ।

सुदूरपश्चिमका पहाडी जिल्लामा फेरि हिमपात भएको छ । सुदूरका पहाडी जिल्ला डडेल्धुला, बैतडी, बाजुरा, अछाम, बझाङ र दार्चुलाका हिमाली क्षेत्रमा हिमपात भएको हो ।

बिहीबार रातिदेखि मौसममा आएको परिवर्तनसँगै उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । रातिदेखि सुरु भएको वर्षाका कारण चिसो बढ्दै गएपछि परेको हिमपातले सुदूपहाडको जनजीवन प्रभावित भएको हो ।

डडेल्धुरासँगै सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरू बाजुरा, बैतडी, दार्चुला, अछाम, बझाङ र डोटीका विभिन्न पहाडी क्षेत्रमा सोमबार रातीदेखि भारी हिमपात भइरहेको छ ।

बाजुराको बिच्छ्या, रुगिन, जकोट, मानाको, कैलाशमाडौं छतारा, पाण्डुसैन, दहकोट, आटीचौरलगायत दर्जनभन्दा बढी स्थानमा भारी हिमपात भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

हिमाली गाउँपालिकाको साबिकको बिच्छ्यामा सबैभन्दा बढी हिमपात भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

यसैगरी अर्को हिमाली जिल्ला बझाङको साइफाल, सुर्मा, छ बीसपाथीभेरा, खप्तड छाना गाउँपालिका, बुंगल नगरपालिकाका विभिन्न स्थानमा हिमपातले असर परेको छ । मंगलबार दिनभर भारी हिमपात भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

दार्चुला जिल्लाका उच्च हिमाली तथा पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । बैतडीको खोडपे, गोठलापानी, सतबाझलगायतका बजार क्षेत्रमा समेत हिमपात भएको छ । अत्यधिक चिसोका कारण घरबाहिर निस्कनसमेत समस्या भएको स्थानीयवासी बताउँछन् ।



प्रतिक्रिया दिनुहोस !