१६ बैशाख २०८१, आइतबार

रोल्पामा सक्रिय संक्रमितको संख्या ६ सय नाघ्योः ११ को मृत्यु, ७२ निको भए

प्रकाशित मिति :  21 May, 2021 6:27 pm


रोल्पा । रोल्पामा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ४ पुगेको छ । दोस्रो लहर सुरु भएयता ११ जनाको मृत्यु भएको छ भने ७२ जना निको भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले तयार गरेको अद्यावधिक विवरण अनुसार सुक्रबार मात्र २ जना संक्रमितको मृत्यु भएको छ । बिहीबारसम्म मृत्यु हुनेको संख्या ९ थियो ।

जिल्लाभर गत २४ घण्टामा ७५ जनामा संक्रमण पुष्टी भएको छ । जिल्लाभर हाल ५ सय २६ जना होम आइसोलेसनमा छन् ।

जिल्ला भित्रका विभिन्न आइसोलेसनमा ७० जना रहेका छन् । जिल्ला अस्पतालमा ८ जनाले उपचार गराइरहेका छन् ।

राेल्पामा हालसम्म ६ सय ९२ जनामा पिसिआर र ७ सय ९१ मा एन्टिजेन परिक्षण गरिएकाे छ ।

कोरोना संक्रमण बढ्न थालेपछि जिल्लाका विभिन्न पालिकाहरुले बढी संक्रमित क्षेत्र सिल नै गरेर समेत कोरोना रोकथामका उपाय अपनाइरहेका छन् ।

सम्बन्धित समाचारः

रोल्पामा हालसम्म ९ जनाको मृत्यु, एकै दिन २९ जना निको भए: छैन आइसियु र भेन्टिलेटर



प्रतिक्रिया दिनुहोस !