१३ बैशाख २०८१, बिहिबार

ग्लोबल ह्याकिङ इनोभेसन प्रतिस्पर्धा गर्दै ओपो

प्रकाशित मिति :  4 June, 2021 6:16 pm


काठमाडौं । चिनिया कम्पनी ओपोले ‘ओपोह्याक ग्लोबल ईन्नोभेशन कम्पिटिसन’ आयोजना गर्ने भएको छ । कम्पनीले आयोजना गर्दै गरेको अन्तर्राष्ट्रिय इभेन्टमा विभिन्न कार्यक्रमकासाथमा ह्याकिङ प्रतिस्पर्धात्मक कार्यक्रममार्फत् टेक स्टार्टअप र इनोभेसनलाई प्रवद्र्धन गर्न थालेको हो ।

कम्पनीले प्रतिस्पर्धामा भाग लिन विश्वव्यापी आव्हान गरेको हो । यस बर्षको प्रतियोगिता ‘सेन्सेशन एण्ड परसेप्शन’ अवधारणाका साथै कनेक्टेड कार प्रणाली, ईमर्सिभ एक्स्पेरियन्स (एआर/भीआर तथा गेमिंग) र रोबोटिक्स गरी तीन उप बिषयबस्तु माथि आधारित हुने कम्पनीले जनाएको छ ।

ओपोह्याक ग्लोबल ईन्नोभेशन कम्पिटिशनले उद्यमशिलता र नयाँ पुस्ताका नवप्रबर्तनका लागि अन्तरराष्ट्रिष्य मञ्चको काम गरोस् भन्ने ओपोको उद्देश्य रहेको जनाएको छ ।

प्रतियोगितामा दर्ताका लागि प्रतिस्पर्धीले आफ्नो ब्यक्तिगत वा संस्थागत जानकारी सहित आवेदन बुझाउनु पर्नेछ । एक वा बढी थिम्सको छनोट गरी ‘सिडिंग गु्रप’ वा ‘ग्रोइंग गु्रप’मा सहभागिता जनाउने भनी छनोट गर्नुपर्नेछ ।

कार्यक्रमको इभेन्ट पार्टनर ह्याकहब रहेको छ । ह्याकहब क्लाउड आधारित स्मार्ट कम्पिटिशन प्ल्याटफर्म हो । यसको स्थापना नर्थ अमेरिकाका ह्याकाथन इन्थूजियास्टहरुले गरेका हुन् ।

सन् २०१६देखि यसले शिक्षा, बित्त, मेडिकल केयर, आर्टिफिशियल ईन्टेलिजेन्सी, ब्लोकचेन लगायत बिषयमा आधारित हुदै विश्वभर विभिन्न प्रतिस्पर्धाको आयोजना गर्दै आइरहेको छ ।

विश्वका उत्कृष्ट नवप्रबर्तक, डिजाइनर्स तथा प्रोग्रामर्सहरुलाई एकै ठाउँमा भेला गर्न सफल ह्याकहबले देश तथा विदेशमा सयौँ सफल प्रतियोगिताको आयोजना गरिसकेको छ ।

प्रतिस्पर्धाको समग्र अवधिभर नै गहिरो अवलोकन तथा निरिक्षण जारी रहनेछ । ईच्छुकले थप जानकारी  oppohack.com  मार्फत प्राप्त गर्न सक्नेछन् ।

ओपोका अनुसार प्रारम्भिक स्क्रिनिङ जुन १ देखि अगष्ट १ तारिकसम्म हुनेछ । अगस्ट ७ र ८ गते फाइनलिस्ट धोषणा हुनेछ भने निर्णायक ईभेन्ट अगष्ट १४ र १५ तारिकमा हुनेछ ।

सहभागिताका लागि क्लीक गर्नुहाेस् । 



प्रतिक्रिया दिनुहोस !