२२ बैशाख २०८१, शनिबार

आजको स्वच्छ भोजन, भोलीको स्वच्छ जीवनः धनगढीमा मनाइयो खाद्य स्वच्छता दिवस

प्रकाशित मिति :  7 June, 2021 9:55 pm


धनगढी । सुदूपश्चिम प्रदेशको धनगढीमा खाद्य स्वच्छता दिवस मनाइएको छ । याे वर्षकाे खाद्य स्वच्छता दिवसकाे नारा आजको स्वच्छ भोजन, भोलीको स्वच्छ जीवन रहेकाे छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले कार्यालय परिसरमा सरसफाइ गरेर तथा जनचेतनामूलक सन्देश प्रदर्शनी गरेर मनाएको हो ।

”कार्यालय परिसर सरसफाइ, स्थानिय प्रशासन र स्थानिय निकायमा पोस्टर पम्प्लेट मार्फत सचेतना, उपभोक्ता संस्था र मिडियाकर्मी मार्फत खाद्य स्वच्छता सचेतनाको कार्यक्रम गरियो। सबै महानुभाबहरु र निकायहरु प्रती हार्दिक आभार ब्यक्त गर्दछ’,” कार्यालय प्रमुख नवराज ढकालले भने ।

जुन ७ तारिकलाई विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिएको छ भने नेपालमा यो वर्ष तेह्रौं राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइएको छ ।
कोरोना महामारीका कारण यो वर्ष खाद्य स्वच्छता दिवसको मूल समारोह भएको छैन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न भिडियामा सन्देशमूलक सामग्री प्रकाशन तथा प्रशारण गरेर खाद्य स्वच्छता दिवस मनाएको छ ।

दिवसका अवसरमा प्रधानमन्त्री तथा कृषि मन्त्री केपी शर्मा ओली, कृषि सचिव योगेन्द्र कुमार कार्की र विभागका महानिर्देशक उपेन्द्र रायले दैनिक पत्रिकामा शुभकामना सन्देश प्रकाशन गरेका छन् ।

विभाग र खाद्य प्राविधिक तथा वैज्ञानिक संघ (नेफाेस्टा) ले साेमबार बेलुका वेभनार गरेर दिवस मनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !