१७ बैशाख २०८१, सोमबार

सन् २०२० मा ३.९ अर्ब खर्चदै सूचना प्रविधि क्षेत्र

प्रकाशित मिति :  18 January, 2020 10:18 pm


काठमाडाैं, ४ माघ । 

सन् २०२० मा विश्वभर सूचना प्रविधि (आईटी)को क्षेत्रमा करिब ३.९ खर्ब डलर खर्चहुने अनुमान गरिएको छ । गत वर्षको तुलनामा ३.४ प्रतिशतको वार्षिक वृद्धि हुँदै सन् २०२० मा ३.९ खर्ब डलर पुग्ने प्रक्षेपण गार्टनरले गरेको छ ।

अनुसन्धान संस्थाकाअनुसार अर्को वर्षमा भने विश्व बजारमा आईटिमा हुने खर्च ४ खर्ब डलर पुग्ने अनुमान छ । यदपी राजनीतिक अनिश्चितताले गर्दा विश्व अर्थतन्त्र मन्दिको नजिक छ, जुन सन् २०१९ मा देखिएन र अझै यसको प्रभाव २०२० र त्यसपछि देखिने विश्लेषण गरिएको छ ।

यो वर्ष आईटि व्यवसायमा सफ्टवेयर तिब्र गतिमा बढिरहेको बजार हुनेछ र यसको वृद्धिदर दोब्बर अंकमा पुग्दै १०.५ प्रतिशतले बढ्नेछ ।
अधिकांश इन्टरप्राइजेस सफ्टवेयरका साथमा अधिकांश बजार हिस्सालाई सफ्टवेयरलाई सेवाको रुपमा स्विकारोक्तिले बढाउने गार्टनरका रिसर्च भाइस प्रेसिडेन्ट डेभिड लभलकले बताए ।

सन् २०२० सम्ममा क्लाउडका लागि हुने इन्टरप्राइजेज आईटि खर्च परम्परागत आईटि भन्दा तिब्रगतिले वृद्धि हुने गार्टनरको ठहर छ । क्लाउड प्रतिको लगावले गर्दा संस्थाहरुले गर्ने उच्च आईटि क्षेत्रको खर्चमध्ये क्लाउडमा हुनेछ र यसले नयाँ पुस्ताको अभिरुचीलाई देखाउनेछ । यसबाहेक डिस्रप्टिभ बिजनेस मोडलहरु विकास हुनेछन् ।

गएको चौमासिकमा सबै सेगमेन्टहरुमा डिभाइस मार्केटको तिब्ररुपमा घटेको भएता पनि नयाँ, इमर्जिङ्ग मुलुकहरुबाट कम खर्चिलो फोनहरुहरुको प्रयोगमा वृद्धिसँग यो सन् २०२० मा समग्रमा फर्किने छ । समग्रमा १० अर्ब अमेरिकी डलर चीनमा र एशिया प्यासिफिकका बढ्दो बजारहरुमा डिभाइसका लागि खर्च हुनेछ र यो पश्चिम युरोप र ल्याटिन अमेरिकाको घट्दो दरभन्दा अधिक हुने गार्टनरको भनाईछ ।



प्रतिक्रिया दिनुहोस !