१२ श्रावण २०८१, शनिबार

प्रहरीको गाडीमा ट्राफिकले लगाए ‘ह्विल लक’

प्रकाशित मिति :  20 January, 2020 5:02 pm


६ माघ, काठमाडौं ।
सडक अवरुद्ध हुने गरी सडकमा पार्क गरेपछि ट्राफिक प्रहरीले साइरन जडित प्रहरी गाडीमा ‘ह्विल लक’ लगाएको छ ।

अनामनगरमा सडक अवरुद्ध हुने गरि पार्किङ गरिएको प्रहरीको गाडीमा ट्राफिकले ह्विल लक गर्दै कारवाहीको प्रकृया अगाडी बडाएको हो । महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना १ झ १४२५ नम्बरको गाडीमा ह्विल लक गरेको हो ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार सडकमा पार्किङ गरेका कारण प्रहरी गाडीलाई कारवाही गरिएको हो । उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाही गरिएको महाशाखा प्रमुख भीम ढकालले बताए । उनले नियम मिच्ने कसैलाई पनि नछोड्ने बताए ।

केहि महिना पहिले सडक मिचेर पार्क गरेको गृह प्रवक्तको स्कारपियामो पनि ट्राफिक प्रहरीले  ह्विल लक गरेको थियो ।  पछिल्लो समय ट्राफिक प्रहरीले सडकमा पार्किङ गर्ने सवारीसाधनमा ह्विल लक लगाउने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !