२५ श्रावण २०७९, बुधबार

लुम्बिनी विकास कोषको सदस्यसचिवमा राई

प्रकाशित मिति :  21 January, 2020 9:38 am


रुपन्देही, ७ माघ ।

लुम्बिनी विकास कोषको सदस्यसचिवमा ज्ञानिन राई नियुक्त गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोषका वरिष्ठ कर्मचारीलाई हाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

लामो समयदेखि रिक्त रहेको उक्त पदमा हाल कोषकै योजना प्रमुख सरोज भट्टराईले निमित्त सदस्यसचिवका रुपमा कार्य गर्दै आउनुभएको थियो ।

राई लुम्बिनी विकास कोषको काठमाडौं सम्पर्क कार्यालयका प्रमुख हुनुहुन्छ । विकास कोषको बोर्ड बैठकले सिफारिस गरेपछि मन्त्रालयले यो निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !