१२ श्रावण २०८१, शनिबार

तुलसीपुर महोत्सवको तयारी तिब्र

प्रकाशित मिति :  22 January, 2020 2:28 pm


 

तुलसीपुर, ८ माघ । तुलसीपुर महोत्सवको तयारी तिब्र पारिएको छ ।

तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवको मञ्च, स्टल, स्वागतद्धार, प्रमाणपत्र छपाई,टिकट छपाई लगायतका कामहरु अन्तिम चरणमा पुगेको अयोजकले जनाएको छ।

महोत्सव तयारीका लागि गठित बिभिन्न उपसमितिहरुले काम गरिरहेका छन् । महोत्सव मूल समितिले संघका पूर्वअध्यक्षहरुसंग महोत्सवको तयारीबारे छलफल गरेको छ ।

मंगलबार भएको छलफलमा पूर्वअध्यक्षहरुले सभाहलको निमार्ण कार्य सम्पन्न गर्नका लागि आयोजना गरिएको महोत्सवलाई सफल पार्न आ-आफ्नो ठाउँबाट सहयोग गर्ने बताएका प्रतिबद्धता जनाएका छन् ।

उनीहरूले तुलसीपुर एअरपोर्टको स्तरोन्नतीकालागि समेत कुरा उठाउन सुझाव दिएका छन् । महोत्सवको उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री तुलसीपुर अाउने तयारी छ ।



प्रतिक्रिया दिनुहोस !