१२ श्रावण २०८१, शनिबार

गच्छदारले १० लाख धरौटी बुझाएर रिहा भए

प्रकाशित मिति :  14 July, 2021 7:38 pm


काठमाडौ । बालुवाटार जग्गा प्रकरणको भ्रष्टाचार मुद्दामा आरोपित नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले धरौटी बुझाएर रिहा भएका छन् ।

गच्छदारले विशेष अदालतमा बुधबार हाजिर भएर १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी सार्वजनिक गरेका हुन् ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेका गच्छदार लामो समय फरार जस्तो रहेका थिए ।
२०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको लगाइएको आरोपमा उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

२०६६ साल चैत २९ गते मन्त्रिपरिषद्को बैठकको प्रस्ताव नं.३ मा प्रधानमन्त्री निवास विस्तार र मोही व्यवस्थापनको विषयसम्बन्धी प्रस्ताव तयार पार्नेमा भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यात थिए । उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले त्यसलाई स्वीकृत गरेका थिए ।

मन्त्रिपरिषदमा प्रस्ताव पठाएको उनी लगायतमाथि अख्तियारको आरोप छ । समरजंग कम्पनी, राजकुलो र बाटोको जग्गा दिने भनेर मन्त्रिपरिषदबाट निर्णय भएको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस !