८ बैशाख २०८१, शनिबार

अमेजनले इजरायली स्पाइवेयर बनाउने एनएसओ ग्रुपसँग सम्बन्ध तोड्यो

प्रकाशित मिति :  20 July, 2021 2:33 pm


काठमाडौ । अमेरिको टेक्नोलोजि कम्पनी अमेजनले इजरायली स्पाइवेयर बनाउने कम्पनी एनएसओ ग्रुपसँग सम्बन्ध तोडेको जनाएको छ ।

इजरायलको त्यो जासुसी गर्ने स्पाइवेयरले विश्वभरका पत्रकार, अधिकारकर्मी, राजनेता, मन्त्री लगायतकाहरूको जासुसी गरेको विषय आम सञ्चार माध्यममा आलोचना भएपछि अमेजनले इजरायलको स्पाइवेयर बनाउने कम्पनी एनएसओसँगको आफ्नो सम्बन्ध तोडेको घोषाणा गरेको हो ।

अमेजनले एनएसओलाई जोडन उपलब्ध गराएको क्लाउड कम्प्युटिङ अकाउन्ट खारेज गरेको जनाएको छ ।

जासुसी गर्ने स्पाइवेयर बनाउने एनएसओले अमेजनकाो वेब सेवा एडब्लुएस प्रयोग गरिआएको थियो । यो कम्पनीले विश्वभरका संसारलाई यो स्पाइवेयर सञ्चालन गर्न बेचेको थियो ।

अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलको सेक्युरिट ल्याबले टेलिफोनको फोरेन्सिक एनलाइसिस गरेपछि एनएसओको मालवेयर पेगासस रहेको पाइएको छ ।

यो पेगाससले टेक्स्ट , भिडियो, फोटो र वेबमा हुने गतिविधिलाई रेकर्ड गर्न सक्न र त्यसमा पहुँच कामये गरी व्यक्तिको जासुसी गर्न सक्ने क्षमताको भएको छ ।

यसले डिभाइसमा राखिने पासवर्डलाई पनि उपयोग गर्न सकिने बनाइएको यो स्पाइवेयर विदेशका सरकारहरूले ५० हजार भन्दा बढी मानिस जसमा व्यवसायिक कार्यकारी, धार्मिक नेता, विद्वान, एनजीओ कार्यकर्ता , राष्ट्रपति र प्रधानमन्त्रीहरू समेतको जासुसी गरेको पााइएको छ ।

पेगाससको टार्गेटमा सन् २०१६देखि विश्वका यस्ता व्यक्ति पर्दै आएकाा छन् ।

अजरबइजान, बहराइन, हंगरी, साउदी अरब, भारत, कजाख्स्तान, मेक्सिको , मोरोक्को, रवान्डा र संयुक्त अरब इमिरेट्स गरी दश देशमा पेगाससका क्लान्ट रहेको चुहिएको सूचनामा उल्लेख छ । हंगरी र मोरोक्कोले स्पाइवेयरको प्रयोग देश भित्र वा बाहिर गरेको विषयलाई अस्वीकार गरेका छन् ।

एम्नेस्टीले ६७ स्माार्टफोनको अनुसन्धान गर्दा पेगाससका प्रमााण पाइएको छ ।

भारतमा यस विषयमा जानकारी पाउन त्यहाँको लोकसभामा होहल्ला हुँदा लोकसभा स्थगित गर्नुपरेको थियो ।



प्रतिक्रिया दिनुहोस !