१२ श्रावण २०८१, शनिबार

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा धनन्जय रेग्मी

प्रकाशित मिति :  28 January, 2020 7:11 pm


काठमाडौं,१४ माघ । पर्यटन बोर्डको संचालक समिति बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा धनन्जय रेग्मी नियुक्त भएका छन्।

म‌गलबार बोर्डका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सचिव केदरबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले रेग्‍मीलाई नियुक्ति गरेको हो।

बोर्डले संचालक समितिमा पठाएको सूचीमा धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर रहेकोमा रेग्मीलाई नियुक्ति गरिएको हो।

निवर्तमान दीपकराज जोशीको कार्याकाल सकिएपछि गत मङ्सिर १८ गते विज्ञापन खुलाइएको थियो । विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !