७ बैशाख २०८१, शुक्रबार

आकाशबाट हराएका ९ तारा वैज्ञानिकले खोजेका एलियन !

प्रकाशित मिति :  28 July, 2021 2:37 pm


काठमाडौ । आकाशबाट हराएका ९ ताराहरू वैज्ञानिकहरूले खोजेका एलियनहरू हुन र भनी चर्चा अनुसन्धानकर्ताहरू माझ व्यापक चल्न थालेको छ ।

अमेरिकाको एक प्रयोगशालाले खिचेका आकाशका तस्विरहरूमा अचम्मको अन्तर फेला परेको छ । ती तस्विरहरू मध्ये एकमा ९ तारा देखिन्छ । तर त्यसको आधा घन्टा पछि ९ तारा हराएर गएको देखिन्छ ।

यी तस्विरहरू १२ अप्रिल १९५०मा खिचिएको हो । तर वैज्ञानिकहरूको ध्यान अहिले पुगेको हो ।

यी तस्विरहरूको अध्ययन भारत, स्विडन, स्पेन, अमेरिका, युक्रेनलगायतका देशहरूमा अनुसन्धान सुरु भएको हो । ती हराएका तारा वास्तवमै तारा हुन वा एलियनहरूले प्रयोग गर्ने यान हुन त्यसबारे उनीहरूले अनुसन्धान गरिरहेका छन् ।

भारतमा आर्यभट्ट रिसर्च इन्स्टिच्युट अफ अब्जरभेसन साइन्सेस नैनीतालका वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन् ।

वैज्ञानिकहरूले सन् १९५०यताका सबै तस्विरको अध्ययन गरिरहेकाा छन् । कतिपयले यो एलियन हुन सक्ने भन्छन् भने कतिपयले यो रेडियाोएक्टिभ कण हुन सक्ने भनिरहेका छन् ।

त्यतिखेर अमेरिका र सोभियत युनियनले कयौं परमाणु बम परीक्षण गरेकाा र त्यसका रेडियोएक्टिभ कण देखिएको हुन सक्ने कतिपयको बुझाइ रहेको छ ।तर त्यतिखेर सरकारहरूले सनु १९४९ देखि १९५१ बिच कुनै परीक्षण नगरेकाले यो मान्यतालाई महत्व दिइएको छैन् ।

 



प्रतिक्रिया दिनुहोस !