३१ बैशाख २०८१, सोमबार

बागमतीमा नयाँ सरकार: पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले लिइन सपथ, दुई मन्त्री नियुक्त

प्रकाशित मिति :  18 August, 2021 11:22 pm


काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार बनेको छ। नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा नयाँ सरकार गठन भएको हो।
पहिलो महिला मुख्यमन्त्रीका रुपमा बुधबार वाग्मती प्रदेशको मुख्यमन्त्रीमा शाक्य नियुक्त भएकी हुन् । मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले शाक्यलाई नियुक्त गरेका हुन्।
बहुमतप्राप्त पार्टीको संसदीय दलका नेताका रुपमा शाक्यको नियुक्त लगत्तै बुधबार राति नै सपथ ग्रहण गरेकी छिन्।
मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद गठन गरेकी छिन् । आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्रीका रुपमा केशव पाण्डे र सामाजिक विकास मन्त्रीमा कृष्ण खनाल नियुक्त भएका छन्।



प्रतिक्रिया दिनुहोस !