१३ बैशाख २०८१, बिहिबार

भारतमा प्रान्तीय सरकारले केन्द्रीय मन्त्रीलाई गिरफ्तार गर्न लगायो

प्रकाशित मिति :  24 August, 2021 5:41 pm


काठमाडौं । भारतको महाराष्ट्र प्रान्तका मुख्यमन्त्री उद्धव ठाकरे विरूद्ध बोल्ने केन्द्रीय मन्त्री नारायण राणेलाई मंगलबार प्रहरीले गिरफ्तार गरेको छ ।

राणेलाई संगमेश्वर पुलिस चौकी लगिएको हो । राणेको गिरफ्तारीको खबर सुनेपछि उनका समर्थकहरूले मुम्बई गोवा पुरानो बाटो जाम गरे ।
राणेले जनआर्शीवाद यात्रा सुरु गरेयता उनका विरूद्ध ४९ एफआइआर दर्ता गरिएका छन् । तिनमा उनले कोभिड –१९का नियमहरू उल्लंघन गरेको मामिला दर्ता गरिएको हो ।

यसअघि महाराष्ट्रका १७ शहरहरूमा शिव सैनिकका सदस्यहरूले राणेका विरूद्ध प्रदर्शन गरेका थिए ।

केन्द्रीय मन्त्री राणेको अभिव्यक्ति पछि शिव सेनाका पदाधिकारी सुधाकर बडगुजरद्वारा नासिकको महाड पुलिस स्टेसनमा एफआइआर दर्ता गराइएको छ ।

उद्धव ठाकुर मुख्यमन्त्री र एक संवैधानिक पदमा रहेको उनको अपमान हुने गरी अभिव्यक्ति दिइएकोले ऊजुरी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !