२४ बैशाख २०८१, सोमबार

खल्ती को १० प्रतिशत क्यासब्याक अफर, टिकटक भिडियो बनाए/ ५ हजार जित्ने मौका

प्रकाशित मिति :  24 August, 2021 7:04 pm


काठमाडौं । डिजिटल भुक्तानी प्रदायक कम्पनी खल्तीले १० प्रतिशत क्यासब्याक अफरमा टिकटक भिडियो च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ ।

टिकटक भिडियो बनाउनेहरूका लागि लक्षित गर्दै १० प्रतिशत क्यासब्याकमा भिडियो बनाउनेले ५ हजार जित्न सकिने प्रतियोगिता गरेको खल्तीले जनाएको छ ।

यस प्रतियोगिताको उत्कृष्ट ३ कलात्मक भिडियोहरुले नगद ५ हजार प्राप्त गर्नेछन् । यस च्यालेन्जमा प्रतिस्पर्धीले आफ्नो नम्बर रिचार्ज गर्दा पाएको १० प्रतिशत क्यासब्याकलाई भिडियो मार्फत् देखाउन सक्नेछन् ।

१७ अगस्ट देखि ३० सम्म सञ्चालन हुने यस प्रतिस्पर्धामा सहभागी हुनका लागि सहभागीले भिडियो बनाउनुको साथै खल्तीको आधिकारिक टिकटक र इन्स्टाग्राम फलो पनि गर्नुपर्नेछ ।

टिकटक प्रतियोगिता सम्बन्धमा खल्तीकि सोसियल मिडिया तथा कन्टेन्ट मार्केटिंगका वरिष्ठ अधिकारी रोनिका श्रेष्ठले भनिन्, “हामीले ग्राहकहरुको रिचार्ज कार्ड खरिद र स्क्र्याच गर्न पर्ने झन्झटलाई सहज गरी डिजिटल रिचार्ज प्रोत्साहन गर्न र यसबारे सबैमा जानकारी दिने उद्देश्यले नेपालकै सबै भन्दा धेरै १०% क्यासब्याक अफरमा टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेका हौँ” ।



प्रतिक्रिया दिनुहोस !