९ आश्विन २०७८, शनिबार

अमेरिकी सहयोगमा अफगानिस्तानबाट आठसय नेपाली ल्याइयो

प्रकाशित मिति :  ११ भाद्र २०७८, शुक्रबार १७:१७


काठमाडौं । अमेरिकाले अफगानिस्तानको राजधानी काबुलबाट निस्कने चाहनेहरूको उद्धार कार्यक्रम अन्तर्गत करिव आठसय नेपालीलाई स्वदेश फिर्ता  ल्याइएकाे छ ।

नेपालस्थित अमेरिकी मिसन अफगानी जनता र तिनका परिवारसँग रहेको जनाउँदै नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकी मिसनका मानिसहरूको सहयोगमा करिव ८ सय नेपालीको उद्धार गर्न सकिएकोमा आफूलाई गौरवको अनुभव भएको बताएका छन् ।

बेरीले काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी समूहद्वारा गराइएको बम विस्फोटनमा निर्दोष अफगानी नागरिक र १३ अमेरिकी सैनिकको मृत्युप्रति दुख व्यक्त गर्दै संवेदनाशून्य आक्रमणको निन्दा गरेका छन् ।

मानवता प्रेम र करुणा बिना नहुने बताउँदै बेरीले यसका लागि नेपालमा वा विश्वमा कतै पनि क्रियाशील हुने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !