५ जेष्ठ २०८१, शनिबार

विदेशी नम्बरबाट मिस्डकल आउने, कल ब्याक गर्दा अटाेमेटिक पैसा काट्ने समस्या, सचेत रहन टेलिकमको आग्रह

प्रकाशित मिति :  2 September, 2021 6:06 pm


काठमाडौं । नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र कल गर्दा नबोल्ने, पैसा काटिने जस्ता समस्याका सम्बन्धमा सचेत रहन नेपाल टेलिकमले आग्रह गरेको छ ।

विगत केही समयदेखि नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कलब्याक गर्दा मेसिनले स्वचालित जवाफ दिने र ग्राहकको पैसा काटिने समस्या देखिएको छ ।

ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता अवस्था समस्यासमेत देखिएको गुनासो बढेपछि टेलिकमले प्रेस विज्ञप्ति जारी गरी समस्या बारे अवगत गराउँदै सचेतनाको लागि आव्हान गरेको हो ।

“यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने भएकाले कम्पनीका ग्राहकवर्गले आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउनु हुन अनुरोध गरिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

सामान्यतया कम्पनीका उपकरणबाट तहुने प्रष्ट्याउँदै टेलिकमले यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको कार्य भइरहेको छ जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !