६ बैशाख २०८१, बिहिबार

‘बुटवल उपमहानगरपालिका प्रमुखका स्वकीय सचिव र प्रेस सल्लाहकार नियम विपरित राखियो’

प्रकाशित मिति :  3 September, 2021 1:32 pm


काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका नगरप्रमुखले नियम विपरित स्वकीय सचिव र प्रेस सल्लाहकार राखेको खुलेको छ ।

महालेखा परीक्षकको प्रतिवेदन २०७८ ले बुटवल उपमहानगरपालिकाका प्रमुखले स्वकीय सचिवका रुपमा छैठौं तह सरह तलब भत्ता भुक्तानी हुने गरी मेघराज भट्टराईलाई नियुक्त गरि मासि ३५,९०० रुपैयाँ र प्रेस सल्लाहकारमा अमृत गिरीलाई राखेर २३,५०० रुपैयाँ तलब र २ हजार रुपैयाँ सञ्चार खर्च दिएको उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ,“ लुम्बिनी प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन,२०७५ को दफा ८३(८) मा यस प्रदेशमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वाकीय सचिव/सल्लाहकार राख्न पाउने व्यवस्था गरेको छैन । यसै गरी स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ८३(८) मा तोकिएको भन्दा फरक पदमा कर्मचारी पदपूर्ति गर्न नहुने उल्लेख छ ।”

तर नगर प्रमुखले नियम विपरित स्वीकय सचिव र प्रेस सल्लाहकार नियुक्त गरी स्वकीय सचिवलाई आर्थिक वर्ष २०७७।७८ मा भट्टराईलाई ४ लाख ३० हजार ८ सय र प्रेस सल्लाहकार गिरीलाई ३ लाख ६ हजार रुपैयाँ भुक्तानी गरेको प्रतिवेदनले भनेको छ ।



प्रतिक्रिया दिनुहोस !