१३ बैशाख २०८१, बिहिबार

तुलसीपुर उपमहानरपालिकाको बेरुजु १३ करोड रुपैयाँ भन्दा माथि,कानुन विपरीत प्रेस र कानुनी सल्लाहकार

प्रकाशित मिति :  4 September, 2021 8:51 am


काठमाडौं । दाङको तुलसीपुर उपमहानरपालिकाको बेरुजु १३ करोड रुपैयाँ भन्दा माथि पुगेको छ ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन २०७८ अनुसार आर्थिक वर्ष २०७६।७७ मा १३ करोड ७० लाख ३ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

जसमा असुल गर्नुपर्ने ५ लाख १८ हजार, नियमित गर्नुपर्ने ६ करोड ३० लाख १४ हजार र प्रमाण कागजात पेश गर्नुपर्ने ७ करोड १९ लाख ५५ हजार रुपैयाँ र पेश्की बाँकी १५ लाख १६ हजार रुपैयाँ रहेको छ ।

नगर प्रमुखले नियम विपरित स्वकीय सचिव र सल्लाहकार समेत राखेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार नियम विपरित स्वकीय सचिवको रुपमा सहायक ५ औं स्तरको तलब भत्ता भुक्तानी हुेन गरी धर्म ओलीलाई मासिक ३०,२०० का दरले ३ लाख ९० हजार ६ सय र प्रेस सल्लाहकारका रुपमा अधिकृत स्तरको तलब भुक्तानी हुने गरी १ जनालाई मासिक,३५,९९० का दरले ४,९१,८७० र कानुनी सल्लाहकारका रुपमा वरिष्ठ अधिवक्ता बामदेव शर्मालाई नियुक्त गरी मासिक २५ हजारका दरले ३ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

महालेखाले लुम्बिनी प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७६ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वकीय सचिव र सल्लाहकार राख्न पाउने व्यवस्था नगरेको समेत स्मरण गराएको छ ।



प्रतिक्रिया दिनुहोस !