१ पुस २०८२, मंगलबार

प्रचण्डले सत्ताधारी गठबन्धनमाथिको संकट देखे

प्रकाशित मिति :  15 September, 2021 12:21 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ताधारी गठबन्धनमाथिको संकट देखेका छन् ।

दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटीको स्मृतिमा आयोजित कार्यक्रममा सम्बोधन गरिरहेका बेला अध्यक्ष प्रचण्डले सत्ताधारी गठबन्धनमाथिको संकट महशुस गरेको संकेत गरेका हुन् ।

संविधान, राष्ट्रियता र गणतन्त्रका पक्षमा हुनेहरूसँग मोर्चा बनाएको बताउँदै उनले“ यो गठबन्धनले प्रतिक्रान्ति रोक्ने, प्रतिगमन हुन दिने छैन् ।”
नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा अहिले सत्ताधारी गठबन्धनमा रहेका दल हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान गर्ने महन्थ ठाकुर अध्यक्ष भएको लोकतान्त्रिक समाजवादी पार्टी भने सत्ताधारी गठबन्धनमा रहेको छैन् । ठाकुर आफैले आफ्नो पार्टी गठबन्धनमा नरहेको प्रष्ट पारेका थिए ।

प्रधानमन्त्री देउवा भने लोसपालाई सरकारमा ल्याउन खोजेकाा छन् ।

सत्ताधारी गठबन्धन जोगाउन सकिए आगामी निर्वाचनमा दुई तिहाइको बहुमत प्राप्त हुने विश्वास प्रचण्डको छ ।

त्यसक्रममा प्रचण्डले माओवादी फेरि एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गरे ।

शान्ति प्रक्रियामा आउनेबित्तिकै माओवादीलाई पाँच÷सात सिट आउने भनेको सम्झिदै प्रचण्डले त्यतिखेर एक नम्बरको पार्टी माओवादी भएको बताए ।

माओवादी रूपान्तरण भएर अगाडि बढ्ने हो भने फेरि माओवादीले सरकार बनाउने गरी एक नम्बर पाार्टी बन्ने विश्वास उनले व्यक्त गरे ।

 



प्रतिक्रिया दिनुहोस !