१५ चैत्र २०८०, बिहिबार

राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

प्रकाशित मिति :  21 September, 2021 7:12 pm


काठमाडौं । राजनीतिक नियुक्ति पाएर गएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको छ ।

आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति पाएर गएका सबै राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णय सार्वजनक गर्दै यस्तो जनाए ।

सरकारको यो निर्णयबाट अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलगायत अन्य देशमा नियुक्त भएका राजदूतहरु फिर्ता हुने भएका हुन् ।

यसैगरी कर्णाली करिडोर अन्तर्गत सल्लीसल्ला–सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको सात किलोमिटर र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३ दशमलव ५ किलोमिटर सडक खण्डको ट्रयाक निर्माणमा नेपाली सेनालाई लगाउन स्वीकृति दिनेलगायतका निर्णय भएको उनले जनाए ।

साथै कोभिड–१९संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने, कोभिड–१९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने र संयुक्त राष्ट्र संघको ७६औं महासभामा भाग लिन जाने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जनाए ।

 



प्रतिक्रिया दिनुहोस !