१६ जेष्ठ २०८०, मंगलबार

पुल्चोक क्याम्पसलाई सेनाले दियो हेलिकप्टर उपहार

प्रकाशित मिति :  13 February, 2020 3:41 pm


फागुन १, काठमाडौँ ।
नेपाली सेनाले सर्भिस लाईफ पूरा भएको एउटा हेलिकोप्टर पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई हस्तान्तरण गरेको छ ।

प्रयोगको अवधि पूरा भएको अलाउटे–३ नामक हेलिकोप्टर क्याम्पसलाई हस्तान्तरण गरेको हो । उक्त हेलिकोप्टर अब क्याम्पसका विद्यार्थीको अध्ययन प्रयोजनमा प्रयोग गरिने छ ।

नेपालमै पहिलोपटक सञ्चालन भएको एरोस्पेश इञ्जिनीयरिङ अध्ययनमा व्यवहारिक ज्ञानको लागि विभिन्न कालखण्डमा प्रयोग भएको उक्त हेलिकप्टर तथा पार्टपूर्जाहरूले दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्‍याउने उदेश्यले हस्तान्त्रण गरिएको सेनाले जनाएको छ ।

रक्षा मन्त्रालयबाट प्राप्त स्वीकृतिका आधारमा नेपाली सेनाका संभाररथी उपरथी प्रभुराम शर्माले बुधबार क्याम्पसलाई हेलिकोप्टर हस्तान्तरण गरेका हुन् ।

सेनाले २३ जेठ २०४७ बाट सञ्चालनमा उक्त हेलिकोप्टर ४ हजार १ सय २१ घण्टा उडान गरेको छ। साथै, नौ हजार ७५२ ल्याण्डिङ गरेको छ।



प्रतिक्रिया दिनुहोस !