११ बैशाख २०८१, मंगलबार

सार्कका विदेशमन्त्रीको बैठक गराउनु परराष्ट्रमन्त्री खड्काको पहिलो चुनौती

प्रकाशित मिति :  23 September, 2021 5:15 pm


काठमाडौं । नवनियुक्त पर्राष्ट्र मन्त्री डा. नारायण खड्काको पहिलो चुनौती सार्कका विदेशमन्त्रीको बैठक गराउनु रहेको छ ।

भारतीय पक्षका अनुसार शनिबारका लागि सार्कका विदेशमन्त्रीहरूको बैठक नहुने देखिएको छ । सार्कको अध्यक्ष भएको नाताले डा. खड्का परराष्ट्रमन्त्रीको बन्नु अघि यसका लागि नेपालको तर्फबाट भएको रहेछ ।

भारतीय पक्षले शनिबारको बैठक खारेज भएको दिनमै प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राष्ट्रसंघको महासभामा प्रतिनिधित्व गराउने गरी हतारहतारमा डा. खड्कालाई परराष्ट्रमन्त्रीको  नियुक्त गरी न्युयोर्क पठाउन लगाएको देखिएको छ ।

भारतीय पक्षले शनिबार सार्कको विदेशन्त्रीको बैठक खारेज भएकै दिन पदभार सम्हालेका परराष्ट्रमन्त्री डा. खड्कालाई तत्काल दुवै आसन्न छिमेकी मुलुक चीन र भारतको तर्फबाट बधाई प्राप्त भएको हो ।

बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य खड्का परराष्ट्र मन्त्री नियुक्त भएका थिए । बुधबार पौने दश बजे बिहान भारतीय अनलाइन द प्रिन्टले शनिबार हुने भनिएको सार्क विदेश मन्त्रीस्तरीय बैठक खारेज भएको समाचार सार्वजनिक गरेको थियो ।

भारतीय समकक्षी एस जयशंकरले बुधबार सामाजिक सञ्जाल ट्वीटरबाट खड्कालाई बधाई दिएका थिए । यसैगरी नेपालका लागि चीनका राजदूत हाउ यान्छीले पनि डा. खड्कालाई बधाई ज्ञापन गरेकी थिइन् ।

नेपालका आसन्न छिमेकीको तर्फबाट बधाई पाएका डा. खड्काले शनिबार हुने भनिएको सार्कका विदेश मन्त्रीहरूको बैठक गराउने कुटनीतिक कुशलता यति छोटो अवधिमा प्रदर्शन गर्न सक्ने हो होइन भन्ने विषय कुटनीतिक क्षेत्रका विज्ञहरू माझ चासोको विषय बनेको छ ।

भारतीय पक्षले सार्वजनिक गरेको समाचार अनुसार पाकिस्तानले सार्कका विदेशमन्त्रीहरूको बैठकमा अफगानिस्तानका नवनियुक्त तालिबानी सरकारका प्रतिनिधिलाई सामेल गराउने अडान लिएको छ ।

पाकिस्तानको सो अडानलाई भारतलगायतका केही देशले असहमति जनाएका छन् । पाकिस्तानको सो अडानले गर्दा नेपालले आयोजना गर्न खोजेको भनिएको सो विदेश मन्त्रीहरूको बैठक खारेजीको अवस्थामा हुन पुगेको हो ।

तालिबानले राष्ट्रसंघीय महासभामा आफ्ना प्रतिनिधिलाई सम्बोधन गर्न पाउनुपर्ने माग अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेको छ ।

तालिबान नेतृत्वको सरकारलाई मान्यता दिनुपर्ने कुरो कतारका प्रतिनिधिले राष्ट्रसंघीय महासभामा उठाएका छन् । राष्ट्रसंघले तालिबानलाई कालोसूचीमा राखेको र विश्वका कतिपय प्रमुख देशहरूलाई मान्यता दिइसकेका छैनन् ।

डा. खड्कालाई सार्क देशहरूबीचको कुटनीतिक क्षेत्रमा तत्काल पहल लिनुपर्ने आवश्यकता रहेकाले यो उनको पहिलो चुनौती भएको परराष्ट्रमन्त्रीको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !