११ बैशाख २०८१, मंगलबार

भारतीय अदालतद्वारा गलत कपाल काटेकोमा सैलुनलाई २ करोड भारु जरिवाना

प्रकाशित मिति :  24 September, 2021 1:06 pm


काठमाडौं । उपभोक्ताहित सम्बन्धी भारतको अदालतले एक मोडेलको कपाल काट्दा बिगारेकोमा सैलुनलाई २ करोड भारु जरिवाना तिर्न आदेश दिएको छ ।

महिला मोडेलले आफ्नो लामो कपालका कारण कपाल सम्बन्धि उत्पादन गर्ने कम्पनीहरू काम बाट काम पाउने गरेकी थिइन् । तर सैलुनले उनको लामो कपाल ती महिलाको निर्देशन विपरीत काटिदिएपछि महिलालाई ठूलो क्षति पुगेको अदालतको बुझाई छ ।

दिल्लीको एक प्रभावशाली होटल चेनको त्यो सैलुनले यो फैसला उपर पुनरावेदन गर्न पाउने गरी फैसला गरिएको हो ।

राष्ट्रिय उपभोक्ता विवादसम्बन्धी निकाय द नेसनल कन्जुमर डिस्प्युट्स रिड्रेसल कमिसनले ती महिलाले कम्पनीहरूसँग गरिएको सम्झौता कपाल काटिएर सानो भएपछि गुमाउन पुगेको जनाएको छ ।

सैलुनको हेलचक्राइँले ती मोडलको टप मोडल बन्ने सपना तुहिएको र उनी मानिसक आघातको अवस्थामा पुगेको सो कमिसनले जनाएको छ । सन् २०१८ मा ती मोडल होटलमा कपाल कटाउन गएकी थिइन् ।

मोडलले सैलुनलाई विशेष निर्देशन दिएकी थिइन । तर सैलुनका कामदारले उनको कपाल उनको काँध भन्दा चार इन्च माथि हुनेगरी काटिदिएको अदालतमा प्रस्तुत गरिएको दस्तावेजमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !