२० बैशाख २०८१, बिहिबार

साताको अन्तिम दिनमा नेप्से परिसुचक ओरालो

प्रकाशित मिति :  13 February, 2020 6:16 pm


काठमाडौ, १ फागुन ।

साताको अन्तिम दिन धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १. ३९ अंकले घटेर १३४४. ५९ मा पुुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.३२ अंकले घटेर २८४. २४ मा रोकिएको छ । स्टकका अनुसार कूल १७२ कमपनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर रु एक अर्ब ७७ करोड ३८ लाख पाँच हजार ७४६ मा खरिदबिक्री भयो । कारोवार भएका कूल १२ मध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ ८.९४ अंकले घट्दा होटल ३१.४३, विकास बैंक ८.६२, जलविद्युत् ३.४७ र सामूहिक लगानी कोषको शेयर ०.०५ अंकले ओरालो लागेको छ । व्यापार २३.८९ अंकले बढ्दा वित्तिय ०.१८, जीवन बीमा ५५.९२, उत्पादन ३८.६६, अन्य ०.२४, लघुवित्त २९.५४ र जीवन बीमा उपसमूहको शेयर १०२.७४ मा खरिदबिक्री भयो ।

 



प्रतिक्रिया दिनुहोस !