‘क्यान इन्फोटेक २०२०’ सुरु

काठमाडौं, ३ फागुन। कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले आयोजना गरेको मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘प्रभु पे क्यान इन्फोटेक २०२०’ सुरु भएको छ। राजधानीको भृकुटीमन्डपमा शुक्रबारदेखि सुरु भएको उक्त प्रर्दशनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकल बाँस्कोटाले उद्घाटन गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी जानकारी गराउने उदेश्यले आयोजना गरिएको प्रर्दशनीको रोबोट मार्फत दीप प्रज्वलन गरेर मन्त्री बासकोटाले उद्घाटन गरेको हुन्। आगामी ७ गतेसम्म चल्ने उक्त प्रर्दशनीमा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्ट र आइडियाको प्रदर्शनी गर्ने छन्।
२६ औं संस्करणको इन्फोटेक नेपाली इन्नोभेसनका लागि एक्सपोजर इभेन्ट हुने क्यान महासंघका अध्यक्ष नवराज कुँवरको भनाइ रहेको छ। प्रर्दशनीलाई विगतका बर्ष जस्तै प्रविधिका क्षेत्रमा आएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रर्वद्धन गर्ने प्लेटफार्मको रुपमा हेरिएको उनको भनाई रहेको छ।
जारी प्रर्दशनीमा एक सय ७४ स्टलको सहभागीता रहने समेत उनले जानकारी गराए। सूचना–प्रविधिसम्बन्धी जानकारी दिन र यस क्षेत्रको प्रवद्र्धनका लागि प्रर्दशनी कोसेढुङगा सावित हुने उनले जानकारी गराए।
त्यस्तै, क्यान महासंघका महासचिव नारायण थापाले यस पटकको क्यान इन्फोटेकमा विभिन्न अन्तरराष्ट्रिय मोबाइल कम्पनीहरुले आफ्ना ब्राण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटसहित बिक्री गर्ने बताए। नागरिक दैनिक