१ पुस २०८२, मंगलबार

ब्रिटिस एअरवेजले ‘लेडिज एन्ड जेन्टिलमेन’ नभन्न पाइलटलाई निर्देशन दियो

प्रकाशित मिति :  10 October, 2021 1:00 pm


काठमाडौं । ब्रिटिस एअरवेज विमान कम्पनीले यात्राुहरूलाई सम्बोधन गर्दा ‘लेडिज एन्ड जेन्टिलमेन’ नभन्न आफ्ना पाइलटलाई निर्देशन दिएको छ ।

‘लेडिज एन्ड जेन्टिलमेन’ले महिला र पुरुष दुई लिङ्का मानिसलाई मात्र सम्बोधन हुने र अन्यसँग भेदभाव हुने भएकाले समावेशी र विविधता अपनाउन यो निर्देशन दिइएको हो ।

बेलायतको ध्वजावाहक विमान कम्पनी ब्रिटिस एअरवेजले परम्परागतरूमा यात्रुलाई गर्दै आएको सम्बोधन परिवर्तन ल्याएर नयाँ सामाजिक मान्यतालाई अंगीकार गरेको जनाएको टेलिग्राफले आइतबार आफ्नो समाचारमा छापेको छ ।

ब्रिटिस एअरका प्रवक्ताले कम्पनी समावेशी र विविधता प्रति प्रतिबद्ध भएको र ग्राहकलाई यात्रा गर्दा भेदभावको अनुभव हुन पाओस भनेर यो विधि अपनाएको जनाएको छ ।

तर रुढीवादीहरूले विमान कम्पनीको यो निर्देशनको आलोचना गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !