२३ मंसिर २०८२, मंगलबार

रुपन्देहीमा कर्फ्यु 

प्रकाशित मिति :  10 October, 2021 6:01 pm


काठमाडौं । मोतीपुर औद्योगिक क्षेत्रको अतिक्रमण हटाउन खोजिएका बेला तनाव उत्पन्न भएपछि रुपन्देही जिल्लामा कर्फ्यु घोषणा गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यु घोषणा गरिएको विषयमा एक सूचना जारी जनाएको हो ।

स्थिति नियन्त्रणभन्दा बाहिर जाने र सर्वसाधारणको शान्ति सुरक्षाको अवस्थासमेत जोखिममा पर्न जानसक्ने देखिएकाले शान्ति सुरक्षालाई मजबूत र प्रभावकारी बनाउन असोज २४ गते अपरान्ह ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि आइतबार बिहानै प्रहरी र औद्योगिक क्षेत्रको जग्गा ओगटेर बसेकाहरूबीच झडप भएको थियो। औद्योगिक क्षेत्रको करिब साढे आठ सय बिघा जग्गामध्ये चार सय बिघा जग्गा अतिक्रमण भएको देखिएको छ।

आइतबार बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरू भत्काउन खोजेका थिए । टहरा भत्काउन नदिन प्रहरीसँग प्रतिरोधमा उत्रेपछि झडप भयो । त्यसमा दुई जना घाइते भएका थिए। दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सोही भिडन्तको अवस्था सिर्जना हुन नदिन यो कर्फ्यु  आदेश जारी गरिएको हो ।

पूर्वमा तिनाउ नदी बुटवल नगरपालिका उमनपा वार्डन १७देखि वडा न १८सम्म सौरहिया पुलसमम, पश्चिम हरिपुरको खेतीयोग्य जमिन (बुटवल नगरपालिका वडा न १७, उतर शिवनगर रानीगञ्ज बस्ती बुटवल नगरपालिका १७, दक्षिण नगरपालिका १८ औद्योगिक करिडोरको जमिन धन्दापुर सौरहियासम्म कर्फ्यु लगाइएको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !