२१ बैशाख २०८१, शुक्रबार

नेपालीको उद्धारका लागि निगमको विमान चीन गयो

प्रकाशित मिति :  15 February, 2020 5:25 pm


काठमाडौं, ३ फागुन। चीनको वुहानमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायुसेवा निगमको विमान गएको छ।

कोरोना भाईरसका कारण जोखिममा रहेका नेपालीको उद्धारका लागि शनिबार दिउँसो नेपाली समय ४ बजेर १ मिनेटमा नेपाल वायुसेवा निगमको वाइडबडी विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनका लागि उडेको हो।

चीनको हुबेई प्रान्तको वुहानमा रहेका  १८५ नेपालीलाई जहाजबाट उद्धार गरि स्वदेश ल्याउने छ ।  जहाज उडेको ३ घण्टा ३६ मिनेटमा वुहान पुग्ने र स्थानीय समयअनुसार रातको ११ बजे नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कनेछ। आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्ने तालिका रहेको छ।



प्रतिक्रिया दिनुहोस !