२० बैशाख २०८१, बिहिबार

अखिल (क्रान्तिकारी)द्वारा शैक्षिक हडतालसहित संघर्षका कार्यक्रम घोषणा

प्रकाशित मिति :  15 February, 2020 8:04 pm


 

काठमाडौं, ३ फागुन। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले आफ्नो संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाललाई पक्राउ गरिएको विरोधमा आम शैक्षिक हडताल सहित चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

अखिल क्रान्तिकारीले ढकाल लगायत सरकारद्धारा पक्राउ गरिएका सबै विद्यार्थी नेता कार्यकर्ताहरुको विना सर्त तत्काल रिहाईको माग गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरिएको जनाएको छ ।
संगठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले शनिबार प्रेस बिज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
विज्ञप्ति अनुसार फागुन ४, ५ र ६ गते प्रचार प्रचार, ७ गते ज्ञापन पत्र पेश गर्ने, ८ गते सबै शिक्षण संस्थाहरुमा कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते विरोध प्रदर्शन, १३ गते मशाल जुलुश र १४ गते आम शैक्षिक हड्ताल गर्ने कार्यक्रम छ ।
क्रान्तिकारीका केन्द्रीय अध्यक्ष ढकाललाई यही फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरिरहेका बेला प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !