१६ चैत्र २०८०, शुक्रबार

प्रदेश ५: लगानी मैत्री वातावरण रहेको विश्वास वढेको छ

प्रकाशित मिति :  16 February, 2020 9:38 am


सबै आर्थिक सूचकमा नेपालले प्रगति गरेको देखिदा पनि जनतामा असन्तुष्टि व्याप्त छ भन्दै प्रचार गर्दै हिड्ने नेतृत्व र समृद्धिको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको व्यक्तित्व ओरालो लागेको देख्ने ठुला मिडियाहरु देख्दा यहाँ तथ्य र सत्यको होइन,वाह्य शक्तिकेन्द्रको स्वार्थमा आधारित प्रायोजित एजेण्डाको पैरवी गर्नेको वोलवाला वढ्दैछ भन्ने देखिन्छ ।

कुल गार्हस्थ उत्पादनमा भएको तिव्र वृद्धि तथा सामाजिक एवम् मानविय सूचकहरुमा भएको उत्साहजन वृद्धिवाट जनता निरास हुनुपर्ने कारण त केही छैन । जनतालाई आशावादी बनाउने पार्टी नेतृत्व नै स्वार्थमा विभाजित भएका कारणले र नेपालमा वामपंथी सरकारले राजनीतिक स्थायित्व हासिल गर्न सफल हुदै गरेको अवस्थावाट चिन्तत भएका शक्ति केन्द्रहरुको प्रायोजित प्रचारबाजीका कारणले पनि जनतामा भ्रम सिर्जना भएको छ ।

गएको वर्षको तुलनामा प्रदेस सरकारको काममा पनि उल्लेख्य सुधार देखिदैछ । प्रदेस ५ कै कुरा गर्ने हो भने गएको वर्ष प्रथम चौमासिकमा ८ प्रतिसत मात्र खर्च गर्न सकेको प्रदेस सरकारले सोही अवधिमा १९ प्रतिसत सम्म बजेट खर्च गर्न सफल भएको अवस्था छ ।

संरचनागत आधार पनि पहिलोको तुलनामा प्रदेस सरकार सुदृढ वन्दै गएको अवस्था छ । सरकारसंग प्रदेसको जीवन्त संवन्ध स्थापित भएको छ । कृषि अनुदानको कमजोर अवस्थामा सुधार देखिदैछ । सामुदायिक विद्यालयको अवस्थामा सुधार देखिदैछ ।

प्रादेशिक र जिल्ला अस्पतालहरुको सेवाको स्तरमा उल्लेख्य सुधार देखिदैछ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका माध्यमवाट सरकार सिमान्तकृत वर्गमा पुग्न सफल देखिदैछ । कृषिमा प्रविधिको प्रयोग उल्लेख्य मात्रामा वढेको छ । खानेपानीको क्षेत्रमा लगानी वढेको छ । तीन वर्ष भित्रमा सतप्रतिसत घरपरिवारमा पानीको धारा पुग्ने कुरा सुनिश्चित देखिदैछ ।

सबैका घरमा विजुली दुई वर्ष भित्रै पुग्ने गरी काम अघि वढ्को छ । खरको छाना विस्थापन अभियानका रुपमा अघि वढ्दैछ । जनता आवास कार्यक्रम सफलता पूर्वक अघि वढेको छ । सिचाईका पुराना आयोजनाहरु सम्पन्न हुने अवस्थामा पुगेका छन् । केन्द्रवाट हस्तान्तरित सडक आयोजना आउने वर्ष सम्पन्न हुने गरी अघि वढेका छन् ।

प्रदेसमा नीजि क्षेत्रको लगानी उल्लेख्य मात्रामा वढेको छ । रुपन्देही,वाँके, परासी, दाङ र कपिलवस्तुमा औद्योगिक विकासले तिव्रता लिएको छ ।पाल्पाली ढाका उद्योगको पुनर्जिवनको सम्भावना वढेको छ । गुल्मीको कफीका लागि वाह्य बजारको सम्भावना देखिएको छ ।

अल्लोको उत्पादनले व्यावसायिक रुप लिदैछ । प्रदेसमा लगानी मैत्री वातावरण रहेको विश्वास वढेको छ र त्यसको जगमा प्रदेस स्तरिय लगानी सम्मेलन आयोजना गरिदैछ । पर्यटन प्रवर्धनका क्षेत्रमा पनि उल्लेख्य काम भएका छन् । होटेल व्यावसायको विस्तार पनि तिव्र गतिमा भइरहेको छ । स्तरिय होटेलहरु खुल्ने क्रम जारी छ । यसवाट प्रदेसमा रोजगारीका अवसरमा पनि उल्लेख्य वृद्धि भइरहेको छ ।

प्रदेसमा स्थानिय तहहरुको काम पनि अन्य क्षेत्रको तुलनामा राम्रो अवस्थामा छ । केन्द्र प्रदेस र स्थानिय सरकारको योगदानका कारणले गएको वर्ष यो प्रदेस सबैभन्दा वढि आर्थिक वृद्धिदर हासिल गर्ने प्रदेस वन्न पुगेको छ । चालु आर्थिक वर्षमा त्यसमा अझै राम्रो हुने अवस्था छ ।

लामो समयसम्म पछि परेको मुलुकका जनतामा तिव्र परिवर्तनको अपेक्षा हुनु स्वभाविक नै हो । विगत लामो समय देखि विग्रिएको अवस्थामा रातारात चमत्कार हुने त होइन । तर जे भएको छ त्यो उल्लेखनीय नै छ । भविष्यमा अझै राम्रो हुने निश्चित छ । आशावादी बनौ ।आशाको संचार गरौ ।

(मुख्य मन्त्री पोख्रेलले प्रदेश सरकारको दुई वर्ष पुगेको अवसरमा व्यक्त गरेको विचार)



प्रतिक्रिया दिनुहोस !