परज्युरीको मुद्दामा नोबेल शान्ति पुरस्कारबाट सम्मानित पोल्यान्डका पूर्व राष्ट्रपति वालेसा जेल जाने
काठमाडौं । नोबेल शान्ति पुरस्कारबाट सम्मानित पोल्यान्डका पूर्व राष्ट्रपति लेक वालेसाले झूठो बकपत्र गरेको (परज्युरीको मुद्दा) अभियोगमा जेल जाने भएका छन् ।
कम्युनिस्ट विरोध नेताको रूपमा चिनिएका पोल्यान्डको लोकतन्त्र समर्थक सोलिड्यारिटी आन्दोलनका संस्थापक वालेसालाई झूठो बयान दिएको मुद्दामा सम्मन पठाइएको छ ।
पोल्यान्डको समाजवादी सरकार रहेको अवधिमा उनको सम्बन्ध त्यतिखेर गुप्त प्रहरीमा सूचना दिने कार्य गरेको विषयमा झूठो बोलेको तर फेला परेका पुराना हस्तलिखत दस्तावेजबाट उनको पुष्टि गरिएको हो ।
पोल्यान्डका अन्तिम कम्यु्निस्ट प्रधानमन्त्री जेसला किस्सज्याककी विधुवाको घरबाट फेला परेका हस्तलिखित दस्तावेजले पूर्व राष्ट्रपति वालेसालाई तत्कालीन गुप्त प्रहरीको काम गरेको पुष्टि भएको भनेर इन्स्टिच्युट अफ नेसनल रिमेम्बरेन्सले उनलाई सम्मन पठाएको हो ।
पोल्यान्डमा यो मुद्दमा ६ महिनादेखि ८ वर्षसम्मको जेल सजाय हुने प्रावधान रहेको छ ।
सन् १९७०को दशकका १५० दस्तावेजहरूमा हस्तलिखित भुक्तानीसम्बन्धी दस्तावेज पनि रहेका छन् ।
पोल्यान्डको सरकारी वकिलको कार्यालय वालेसा विरूद्ध मुद्दा दायर गरेको हो ।
फेसबुकमा वालेसाले यो अभियोगमा लगाइएको आरोप गलत भएको र आफ्नो भूमिकालाई धुमिल पार्ने प्रयास गरिएको उल्लेख गरेका छन् ।
उनले कम्युनिस्टको गुप्तचर सेवामा कहिल्यै काम नगरेको दाबी गरेका छन् ।
कम्युनिस्टको समाजवादी सरकार ढल्न अघि सन् १९८३मा वालेसालाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।








