२० मंसिर २०७९, मंगलबार

तिहार पछि बढ्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदैछ कारोबार

प्रकाशित मिति :  8 November, 2021 12:56 pm


काठमाडौं । तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला १ हजार ५ सय रुपैयाले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । गत बिहीबार छापावाला सुन प्रतितोला प्रतितोला रु ९१ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत बिहीबार प्रतितोला रु ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु २५ले उकालो लागेर एक हजार २५० कायम भएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २२५ रुपैयाँमाकारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !