१९ मंसिर २०७९, सोमबार

प्रधानन्यायाधीशको वार्ता आग्रह बारद्वारा अस्वीकार

प्रकाशित मिति :  15 November, 2021 1:02 pm


काठमाडौं । सर्वोच्च तथा बारको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विज्ञप्ति निकाली संवादमा सामेल हुन गरेको आग्रहलाई नेपाल बार एशोसियसनले अस्वीकार गरेको छ ।

बारले प्रधानन्यायाधीश राणासँग वार्तामा नबस्ने जनाएको छ । प्रधानन्यायाधीशले वार्ताका लागि आग्रह गर्दै जारी गरेको विज्ञप्तिको जवाफ विज्ञप्ति मार्फत सार्वजनिक गर्ने बारका प्रतिनिधिहरूले जनाएका छन् ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिले प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने धारणा सार्वजनिक गरेका हुन् ।

“आफूहरूले राजीनामा मागेको राजीनामा दिनुस । हामीले विज्ञप्ति मागेका छौनौं ” उनले भने ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले सबैलाई काठमाडौं बोलाएर सर्वोच्च केन्द्रित आन्दोलन सुरु गर्ने बताए ।

प्रधानन्यायाधीशलाई सर्वोच्च छिर्न नदिने गरी बारका वकिलहरूले धर्ना बसेर आन्दोलन गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !