२५ मंसिर २०८२, बिहिबार

विषालु हावाका कारण दिल्लीका स्कूल कलेज बन्द

प्रकाशित मिति :  17 November, 2021 3:11 pm


काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका अधिकारीहरूले विषालु हावाका कारण अनिश्चितकालका लागि स्कूल कलेज बन्द गरिएकाे छ । दिल्लीको प्रदुषण झन खराब भएर विषालु हावा बग्न थालेकाले यस्तो निर्णय लिइएको हो ।

यसैगरी २१ नोभेम्बरसम्मका लागि निर्माण कार्य पनि बन्द गरिएको छ । यातायात र रक्षा सम्बन्धी परियोजनालाई मात्र अपवादको रूपमा खुला गरिएको छ ।

११ मध्ये मात्र ५ कोइलामा आधारित बिजुली उत्पादन गृहलाई सञ्चलन गर्न अनुमति दिइएको छ । दिपावली पर्वदेखि दिल्लीमा विषालु हावा बग्न थालेको हो ।

संयुक्त राष्ट्रसंघीय नियोग डब्लुएचओले सुरक्षाका लागि दिइएको मापदण्ड अनुरूप हावाको स्तर नभएको हो । पीएम२.५ साना कणको स्तर बढेको र यो फोक्सोमा गएर बस्ने आंशका बढाएको हो।



प्रतिक्रिया दिनुहोस !