२४ बैशाख २०८१, सोमबार

विमानस्थलमा पाहुना स्वागत गर्दै नेपाली राेबाेट

प्रकाशित मिति :  20 February, 2020 12:16 pm


काठमाडौ, ८ फागुन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारबाट रोबोटको सेवा सुरु भएको छ । रोबोटले यात्रुलाई अभिवादन गर्नेछन् । विमानस्यथलमा सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराउनेछन् । रोबटले नेपाली, अंग्रेजी र चिनियाँ भाषामा सूचना प्रवाह गर्ने छन् ।

बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिहीबार त्रिभुवन विमानस्थलमा आयोजित एक कार्यक्रममा रोबोटको सेवा शुरुवात गरेका छन्  । बिहीबारको कार्यक्रम रोबोटबाटै सञ्चालन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !