१५ चैत्र २०८०, बिहिबार

सेन्चुरी बैंक खाता ‘खल्ती’ मा लिङ्क गर्दा सय रुपैँया बोनस र स्मार्टफोन उपहार

प्रकाशित मिति :  23 November, 2021 12:45 pm


काठमाडौं । सेन्चुरी बैंक खाता अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ सँग लिङ्क गर्नेले बोनस पाउने भएका छन् । सेन्चुरी बैंक खाता र खल्ती लिङ्क गर्दा जोकोहीले रु. १०० बोनस प्राप्त गर्नेछन् भने एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

बोनस अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट ‘खल्ती’ सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुने जनाइएको छ ।

प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्नेछ । त्यसै गरि प्रयोगकर्ताको ‘खल्ती’ वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ ।

केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट ‘खल्ती’ मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिने जनाइएको छ ।

अफर मंसिर ३ देखि ४ पुष २०७८ सम्म लागु हुने छ ।

 

 



प्रतिक्रिया दिनुहोस !