२० मंसिर २०७८, सोमबार

घाँटी रेटिएको अवस्थामा ८० वर्षीय वृद्धको शव फेला

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १२:१५


सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ ।

छिन्नमस्ता–६ खुदीबखारीमा रहेको छिन्नमस्ता सडकखण्डको झौखराही नामक फूलबारीमा बुधबार अपराह्न मण्डलको शव फेला परेको थियो । घाँटी रेटिएको अवस्थामा शव फेला परेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले धारिलो हतियार प्रहार गरी घाँटी रेटेको देखिएको जनाएको छ । प्रहरी नायब उपरीक्षक काफ्लेका अनुसार अहिलेसम्म केही खुलेको छैन ।

हत्या प्रकरणको सूक्ष्म अनुसन्धान भइरहेको जनाउँदै आवश्यक परे प्राविधिकसहितको विज्ञ टोली मगाइने उनले बताए।



प्रतिक्रिया दिनुहोस !