२० मंसिर २०७८, सोमबार

नाइट्रोजनको अभाव भइ विश्वव्यापीरूपमा भोजनको मूल्यमा वृद्धि हुने चिन्ता

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १७:५७


काठमाडौं । अन्नबालीलाई हुर्काउन प्रयोग हुने नाइट्रोजन खादको विश्वव्यापी कमीले गर्दा अर्को वर्ष भोजनको मूल्यमा वृद्धि हुने देखिएको छ ।एक दशकयता नाइट्रोजन खादको वैश्विक मूल्य उच्चतम् अवस्थामा रहेको छ । गत वर्ष अन्नबालीको पोषकतत्वको रूपमा चिनिएको नाइट्रोजनको बिक्री ५३ अर्ब डलर बराबर पुगेको थियो ।

यो वर्ष नाइट्रोजनको मूल्यमा ८० प्रतिशतले वृद्धि भएको अरगुस मिडियाले जनाएको छ ।

नाइट्रोजनमा आधारित खादहरू प्राकृतिक ग्यासबाट प्राप्त गरिन्छ । इन्धनको उच्च मूल्यले यसका उत्पादकहरूलाई यसको बिक्री उच्च मूल्यमा गर्नु परेको छ ।

किसानहरूले नाइट्रोजनको प्रयोग गहुँ लगायत अन्य अन्नबालीको उत्पादन वृद्धि गर्न प्रयोग गर्छन् । बाली रोप्न अघि नाइट्रोजनको प्रयोग गरिन्छ । उत्तरी अमेरिकाका किसानहरूका लागि अहिलेको मूल्यमा किनेर हाल्न समस्या उत्पन्न भएको छ । उनीहरूले खरिद गर्न ढिलाइ गरिरहेका छन् ।

यसले अर्को वसन्तमा खरिद गर्ने चापमा वृद्धि हुनेछ । धेरैले यसको बिना नै बाली लगाउन अघि बढ्ने अमेरिकाको कृषि खुद्रा संघका प्रमुख कार्यकारी डारेन कपपोकले जनाए ।

अमेरिका आधारित नाइट्रोजन खादका प्रमुख उत्पादकहरू मध्ये एक सीएफ इन्डस्ट्रिजले जनाए अनुसार नाइट्रोजनको बलियो वैश्विक माग कम्तीमा सन् २०२३मा रहने भएको छ ।

सीएफको नर्वेली कम्पनी यारा इन्टरनेसनलले पनि खादको मूल्यमा भएको वृद्धिले भोजनको मूल्यमा वृद्धि गराउन र केही भागमा खडेरी जस्तो अवस्था ल्याउने जनाएको छ ।

नाइट्रोजन खादका प्रमुख उत्पादक देशहरू रुस, चीन र टर्कीले घरेलु भोजन मूल्यमा वृद्धि हुन नदिन यो खादको निर्यातमा सीमा तोक्ने जनाएका छन् ।

भोजनको मूल्य १० वर्ष यताकै सर्वाधिक बढी हुनेछ । जुलाई २०११यता गत वर्ष भोजनको मूल्यमा ३० प्रतिशतले वृद्धि भएको राष्ट्रसंघीय नियोग फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसनले जनाएको छ । गहुँ र तरकारी तेलको मूल्यमा यसले मूल्य वृद्धि गराउँछ ।



प्रतिक्रिया दिनुहोस !